माछापुच्छ्रे बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघबीच सहकार्य

 अर्थबुलेटिन संवाददाता   १ भदौ, २०७७



काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको एक सय ५९ शाखाबाट बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा ९ ब्याज दर नौ दशमलव ७५ प्रतिशत  प्रदान गरिनेछ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापनाभएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो ।

सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट् ससंघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले  माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुुन । अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तविकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी गराए ।

लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको  सन्दर्भ मा यस्ता समझदारी ले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष वाग्ले ले बताए । साथै संघले गरेको सर्वेको प्रतिबेदन अनुसार सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको समेत वाग्लेले बताए ।

सम्झौता पछि संघका लगभग २४०० सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट् ससघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथाअन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation