२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको चौंथो कारोवार दिन बुुधबार नेप्से १६ दशमलव छ अंकले घटेर १३ सय ९१ दशमलव २९ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ७१ अंकले घटेर दुुई सय ८७ दशमलव सात अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ८५ कम्पनीहरुको १६ हजार आठ सय ७५ वटा कारोवारमा २४ लाख ७४ हजार तीन सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव १२ अंकले घटेर ११ सय ७३ दशमलव ३८ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ४४ अंकले घटेर छ हजार सात सय दुई दशमलव ९० अंकमा पुुगेको छ । यसैगरी लघुुबित्त, विकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ ।