एन आईसी एशिया क्यापिटल तारागाउँ रिजेन्सीको सेयर रजिष्ट्रार नियुक्त

 अर्थबुलेटिन संवाददाता   ३ भदौ, २०७७



काठमाडौं ।  तारागाउँ रिजेन्सी होटल्सको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ ।सेयर रजिष्ट्रार अन्तर्गतको सबै काम गर्न होटल्सले उक्त क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै एनआईसी एशिया क्यापिटलले भदौ ७ गते आइतबारदेखि कम्पनीको सेयर रजिष्ट्रारको काम गर्ने छ । जसअन्तर्गत धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी गर्ने कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation