माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच सहकार्य

 अर्थबुलेटिन संवाददाता   ३ भदौ, २०७७



काठमाडौं । माछापुच्छ्रे   बैंक र नेपाल बार एशोसिएशनबीच सम्झौता भएको छ । बैकले एशोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतामा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बार एशोसिएशनको तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका हुन् । नेपालको संविधानमा उल्लेख भएको एक मात्र पेसागत संगठनको रुपमा रहेको नेपाल बार एशोसिएशनमा करिब २० हजार सदस्यहरु आवद्ध रहेका छन् ।

सम्झौतापश्चात एशोसिएशनका सदस्यहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सेवाहरुमा बिशेष सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् ।

बैंकले यसअघि नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई बिशेष प्राथमिकताका साथ सेवा पुर्याउने उद्देश्यले सम्झौता गरेको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation