नेप्सेमा झिनो अंकले वृद्धि

 अर्थबुलेटिन संवाददाता   ४ भदौ, २०७७



काठमाडौं । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन बिहिबार भने सामान्य अंकले बढेको छ । नेप्से आज छ दशमलव २८ अंंकले बढेर १३ सय ९७ दशमलव ५७ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव तीन अंकले बढेर दुई सय ८८ दशमलव ३६ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८२ वटा कम्पनीहरुको आठ हजार तीन सय २६ वटा कारोवारमा १२ लाख १४ हजार पाँच सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको कारोवार भएको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र सामुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ४२ अंकले बढेर ११ सय ७८ दशमलव ८० अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि सात दशमलव ४२ अंकले बढेर नौ सय ५१ दशमलव दुुई अंकमा पुगेको छ । विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा जोशी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेको इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation