कृषि विकास बैंक र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

 अर्थबुलेटिन संवाददाता   ५ भदौ, २०७७



काठमाडौं । कृषि विकास बैंक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुुसार अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकका नेपालभर रहेका कुनै पनि शाखाबाट रुपमा भुक्तानी लिन सकिने छ ।

सम्झौतामा बैंकका तर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवाका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेकाछन ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation