राष्ट्र बैंकद्वारा निशेधाज्ञामा पनि रेमिटेन्स कारोवार सुचारु गर्न निर्देशन

 अर्थबुलेटिन संवाददाता   ५ भदौ, २०७७



काठमाडौं । नेपाल राष्ट्र बैकले निशेधाज्ञाको समयमा पनि रेमिटेन्स सेवा सुचारु राख्न निर्देशन दिएको छ । आज शुक्रबार रेमिटेन्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले सुरक्षाको मापदण्ड अपनाएर रेमिटेन्स सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

विदेशमा कार्यत नेपाली नागरिकहरुले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घरव्यवहार चलाउन पनि समस्या हुने भएकाले कम्पनीहरुलाई सेवा सूचारु राख्न राष्ट्र बैकले निर्देशन दिएको हो ।

सो अनुुसार कम्पनीहरुले न्युनतम कर्मचारीहरु राखेर सेवा दिनु पर्ने परिपत्रमा उल्लेख गरिएको छ । निर्देशन अनुसार रेमिटेन्स कम्पनीहरुले सम्वन्धीत स्थानीय निकायसंग समन्वय गरेर आलोपालो सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने छ । यस्तो रेमिटेन्सको लागि सम्भव भएसम्म बैक नै प्रयोग गर्नुुपर्ने परिपत्रमा उल्लेख छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation