२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । निशेधाज्ञामा पनि नेप्से वृद्धि भएको छ । साताको पहिलो कारोवार दिन आईतबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै बढेका हुन् । नेप्से आज १२ दशमलव ७७ अंकले बढेर १४ सय १० दशमलव ३४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १९ अंकले बढेर दुुई सय ८९ दशमलव ५५ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ८४ कम्पनीहरुको १६ हजार पाँच सय ७९ वटा कारोवारमा २४ लाख ९८ हजार छ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब १० रकोड ८० लाख ५३ हजार पाँच सय ९७ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ, जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव आठ अंकले बढेर ११ सय ८३ दशमलव ६० अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ३३ दशमलव २२ अंकले बढेर छ हजार नौ सय ६८ दशमलव ५२ अंकमा पुुगेको छ ।
विकास बैंक, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त बित्त समुहको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेको इन्स्योरेन्स कम्पनी परेको छ ।