कवि फुयाँल आई.एम.ई लाइफको प्रमुख कार्यकारी अधिकृत नियुक्त

 अर्थबुलेटिन संवाददाता   ७ भदौ, २०७७



काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुय‘ाल नियुक्त भएकाछन । फुयाँलले आफ्नो करियर बैंकिङ्ग सेवाबाट सुरुवात गरेका थिए । पछिल्लो समयमा फुयाँल  बिभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकिय पदमा कार्यरत ररहेका थिए ।

आईतबार नै कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै फुयाँलले आफुसँग रहेको कार्य अनुभबको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

साथै कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद दिँदै आगामी दिनहरुमा समेत सहयोग गरिदिन अनुुरोध गरेकाछन ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation