२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च वृद्धि देखिएको छ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से २१ दशमलव ११ अंकले बढेर १४ सय ३१ दशमलव ४५ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५२ अंकले बढेर दुुई सय ९३ दशमलव सात अंकमा पुुगेको छ ।
एक सय ८२ वटा कारोवारमा २७ हजार पाँच सय १७ वटा कारोवार भएकोमा ४९ लाख १९ हजार चार सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब १३ करोड ६६ लाख ४७ हजार नौ सय ६८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव ८२ अंकले बढेर ११ सय ९९ दशमलव ४२ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि सात दशमलव २२ अंकले बढेर नौ सय ५६ दशमलव ८६ अंकमा पुुगेको छ ।
विकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा छ्याङदी हाईड्रो पावर कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुुर्नबीमा कम्पनी परेको छ ।