सरकारी लक्ष्य नाघ्यो मूल्यवृद्धिलेसबैभन्दा बढी मूल्यवृद्धि उपत्यकामा

 अर्थबुलेटिन संवाददाता   ८ भदौ, २०७७



काठमाडौं । मूल्यवृद्धिले सरकारी लक्ष्य नाघेको छ । सरकारले गत आवमा मुल्यवृद्धि ६ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखे पनि  ६.१५ प्रतिशत पुगेको हो। सोमबार नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार मूल्यवृद्धिले लक्ष्य नाघेको हो।

अघिल्लो आवमा नेपालको वार्षिक औसत मूल्यवृद्धि ४.६४ प्रतिशत थियो। गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मूल्यवृद्धि ८.१६ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मूल्यवृद्धि ३.०९ प्रतिशत थियो।

यसैगरी, गैर खाद्य तथा सेवाको मूल्यवृद्धि वार्षिक औसत मूल्यवृद्धिको ४.६१ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष उक्त समूहको मूल्यवृद्धि ५.८६ प्रतिशत थियो।

गएको आर्थिक वर्षमा   काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि देखिन्छ। काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकको तथ्यांक छ।

गएको आवमा यस्तो मूल्यवृद्धि क्रमशः ४.८६ प्रतिशत, ४।.६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation