नेप्सेमा आज पनि हरियाली, हौसिए लगानीकर्ता

 अर्थबुलेटिन संवाददाता   ९ भदौ, २०७७



काठमाडौं ।  साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से नौ दशमलव ३४ अंकले बढेर १४ सय ४० दशमलव ९४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८३ अंकले बढेर दुुई सय ९३ दशमलव ९७ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८९ कम्पनीहरुको २४ हजार एक सय एक वटा कारोवारमा ३९ लाख ४० हजार छ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ८५ करोड ५१ लाख ८० हजार पाँच सय १० रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव दुुई अंकले बढेर ११ सय ९९ दशमलव ८७ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि २६ दशमलव ६७ अंकले बढेर सात हजार एक सय २३ दशमलव ८९ अंकमा पुुगेको छ ।

जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । विकास बैंक, होटल र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज नेपाल बढी कमाउने कम्पनीको सुचीमा नेपाल पुर्नंबीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनी सुचीमा भने समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation