![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से उच्च अंकले बढेको छ । आज नेप्से २१ दशमलव एक अंकले बढेर १४ सय ६२ दशमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७७ अंंकले बढेर दुुई सय ९८ दशमलव ७४ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ८६ कम्पनीहरुको ३४ हजार छ सय २० वटा कारोवारमा ५८ लाख ८२ हजार एक सय एक कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ६५ करोड ६१ लाख ६३ हजार सात सय ३० रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ र जीवन बीमा समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन् । सो मध्येपनि वाणिज्य बैंक समुहको सुचक २२ दशमलव ९३ अंकले बढेर १२ सय २४ दशमलव ५३ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ५१ दशमलव ६२ अंकले बढेर सात हजार एक सय ८१ दशमलव १० अंकमा पुुगेको छ । यसैगरी विकास बैंक, जलबिद्युुत, लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।