

३० चैत, २०८१ | 12 Apr, 2025
काठमाडौं । नेपालमा कोरोनावाट संक्रमित हुनेको संख्या पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना नयाँ थपिएका छन् ।
यो संख्या कोरोना संक्रमण शुरु भए यताकै एकैदिनमा आज सवैभन्दा धेरै हो । यसअघि एकै दिन २४ घण्टाको अवधिमा १ हजार १६ जना संक्रमित थपिएका थिए ।
विहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरवाट ५ सय ६९ जना डिस्चार्ज भएको र ५ महिला तथा ३ पुरुष गरी ८ जनाको निधन भएको जानकारी गराए ।
यो संगै नेपालमा कोरोनावाट संक्रमति हुने कुल संख्या ३५ हजार ५ सय २९, कुल डिस्चार्जको संख्या २० हजार ७३ र कोरोनावाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २ सय ७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ गरी उपत्यकामा कुल ३ सय ७७ जना संक्रमित थपिएको समेत मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी गराइयो ।