![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । लगातार बढेको नेप्से आज भने घटेको छ । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से चार अंकले घटेर १४ सय ५८ दशमलव चार अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले घटेर दुुई सय ९७ दशमलव १० अंकमा पुगेको छ ।
नेप्सेमा आज एक सय ८८ कम्पनीहरुको २८ हजार तीन सय ८५ वटा कारोवारमा ४९ लाख ६७ हजार चार सय तीन कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँको कारोवार भएको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक बढेकाछन् भने नौ वटा समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव छ अंकले घटेर १२ सय २० दशमलव ४७ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि सात दशमलव १७ अंकले घटेर नौ सय ६९ दशमलव ९८ अंकमा पुुगेको छ ।
यसैगरी बिकास बैंक, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । निर्जिवन बीमा, जीवन बीमा र उत्पादनमुुलक समुहको सुचक भने बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड रहेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओरन्टल होटल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।