

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी पिसिआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सी.डी.एल), कमलपोखरीसँग सहकार्य गरेको छ ।
हाल कोविड- १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि बैंकले आरटी पिसिआर परीक्षणमा छुटको व्यवस्था गरेको हो । यसअन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी।डी।एल बाट आरटी पिसिआर परीक्षण गर्दा सरकारी दर अनुसार पाँच हजार पाँच सय रुपैयाँमा १० प्रतिशत छुुट पाउनेछन ।
नगद करोबारमा पनि कोविड(१९ को जोखीम भएको हुँदा, ग्राहकहरुले ईविए मोबाईल बैँकिङ्ग एप प्रयोग गरेर पनि कोविड(१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सी.डी.एलबीचको सहकार्य, बैंकका नायब(महाप्रबन्धक, डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेल को उपस्थितिमा सम्पन्न भएको हो ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५शाखा संजाल, प्रादेशिक कार्यालय, १२४ एटिएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।