एनएमबि बैंक र आईएमएसबीच सम्झौता

 अर्थबुलेटिन संवाददाता   १३ भदौ, २०७७



काठमाडौं । एनएमबि बैंक लिमिटेड र आईएमएसबिच मोबाईल फोनको खरीदमा ईमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेकाछन । यस अन्तर्गत एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत नौ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation