नेप्सेमा सामान्य वृद्धि

 अर्थबुलेटिन संवाददाता   १४ भदौ, २०७७



काठमाडौं । आज आईतबार नेप्से चार दसमलव ६४ अंकले बढेर १४ सय ६२ दसमलव ६७ पुुगेको छ । यसैगर सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव आठ अंकले घटेर दुुई सय ९६ दसमलव २९ अंकमा झरेको छ । एक सय ८६ कम्पनीहरुको ३३ हजार नौ सय ७३ वटा कारोवारमा ३६ लाख ८५ लाख नौ सय ६३ कित्ता सेयर खरिद बिक्री हुुंदा आज कारोवार रकम एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार तीन सय रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार भएकाछन । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी नौ वटा समुहको सुचक बढेकाछन । नेप्सेका अनुसार जलबिद्युुत समुहको सुचक नौ दसमलव ३९ अंकले बढेर नौ सय ७९ दसमलव ३७ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ९४ दसमलव तीन अंकले बढेर सात हजार दुुई सय ९५ दसमलव १३ अंकमा चढेको छ । यि बाहेक लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा तारागाउँ रेजिडेन्सी होटल परेको छ । रकम कारोवारका आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा दुुई घण्टासम्म अवरुद्ध भएको थियो । सोही आधारमा आज ५ः१५ बजेसम्म सेयर कारोवार खुल्ला रहेको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation