नेप्सेमा ३१ अंकले वृद्धि, लगानीकर्तामा खुशीयाली

 अर्थबुलेटिन संवाददाता   १५ भदौ, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन नेप्से उच्च अंकले बढेको छ । नेप्से उच्च अंकले बढ्दा कारोवार रकमले भने आज रेर्कड नै तोडेको छ । नेप्से आज २२ दशमलव ३१ अंकले बढेर १४ सय ८४ दशमलव ९९ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव पाँच अंकले बढेर दुुई सय ९८ दशमलव ३५ अंकमा पुगेको छ ।

एक सय ८९ कम्पनीहरुको ४० हजार दुुई सय तीन वटा कारोवारमा ७७ लाख ६३ हजार ५६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम तीन अर्ब ४६ करोड २५ लाख ६६ हजार एक सय २५ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक घटेर बाँकी समुहको सचुक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव ९५ अंकले बढेर १२ सय १७ दशमलव ९७ अंकमा पुुग्दा  निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ३३ दशमलव सात अंकले बढेर सात हजार पाँच सय २८ दशमलव ८३ अंकमा पुुगेको छ ।

विकास बैंक, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो शिखर इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation