रुपन्देहीको भलवारीमा सानिमा बैंकको ८० औं शाखा सञ्चालनमा

 अर्थबुलेटिन संवाददाता   १६ भदौ, २०७७



काठमाडौं । सानिमा बैंक लिमिटेडले यही भाद्र १५ गतेदेखि रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरेका हुुन ।

कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।

जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहक महानुभावहरुलाई कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्नेछ । सानिमा बैंकले ८० वटा शाखा, ८० वटा ए.टि.एम. तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation