पेट्रोलको मूल्य बढ्यो

 अर्थबुलेटिन संवाददाता   १६ भदौ, २०७७



 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।  निगमले मंगलबार  रातिदेखि लागू हुनेगरी  पेट्रोलको मूल्यमा २ रुपैयाँ बढाएको हो  । पछिल्लो मूल्य अनुसार काठमाडौँमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले  डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको जानकारी गराएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation