आज पनि नेप्सेमा उच्च वृद्धि

 अर्थबुलेटिन संवाददाता   १७ भदौ, २०७७



काठमाडौं । साताको चौथो कारोवार दिन बुुधबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २५ दशमलव ५८ अंकले बढेर १५ सय १० दशमलव ५७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले बढेर तीन सय चार दशमलव ६० अंकमा पुुगेको छ ।

आज एक सय ८६ कम्पनीहरुको ४५ हजार दुुई सय ७२ वटा कारोवारमा ९६ लाख ८६ हजार नौ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम चार अर्ब १८ करोड ८१ लाख ३६ हजार एक सय १५ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १९ दशमलव ७८ अंकले बढेर १२ सय ३७ दशमलव ७६ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि ९४ दशमलव २२ अंकले बढेर ११ सय सात दशमलव २० अंकमा पुुगेको छ ।

विकास बैंक, लघुुबित्त, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा अपी पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा प्रभुु इन्स्योरेन्स कम्पनी परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation