

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । महालक्ष्मी विकास बैंक डाक्टर अन कल प्रा. लि बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गएको भदौ १४ गते उक्त सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कुमारीपाटी शाखाका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. सुमन न्यौपाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक/सेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् र यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक÷सेयरधनीहरु साथैकर्मचारीले डाक्टर सेवामा अधिकतम ३०%, फिजियोथेरापीमा अधिकतम ३०%, नर्स केयर सेवामा अधिकतम २०%, ल्याव टेष्टमा अधिकतम २०%, डाईटिसियन सेवामा अधिकतम ३०%, डे«सिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५%,साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवानिःशुल्क रुपमा प्राप्तगर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मीविकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।