सामान्य अंकले घट्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   १८ भदौ, २०७७



काठमाडौं ।  साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । नेप्से आज शुन्य दशमलव १५ अंकले घटेर १५ सय १० दशमलव ४२ अंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव १४ अंकले बढेर तीन सय चार दशमलव ७३ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८६ कम्पनीहरुको ३९ हजार दुुई सय पाँच वटा कारोवारमा ९३ लाख दुुई हजार नौ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा दुुई अर्ब ६३ करोड ४८ लाख ८६ हजार दुुई सय ३१ रुपैयाँको कारोवार भएको छ ।

आज १२ वटा समुहको कारोवार हुँदा पाँच वटा समुहको सु्चक घटेर सात वटा समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ९६ अंकले घटेर १२ सय ३४ दशमलव ८० अंकमा पुुगेको छ भने विकास बैंक, जलबिद्युुत, ट्रेडिङ र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन् ।

निर्जिवन बीमा समुहको सुचक भने आज ६७ दशमलव ३४ अंकले बढेर सात हजार चार सय ७० दसमलव २८ अंकमा पुुगेको छ भने जीवन बीमा, होटल, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पाँचथदर पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation