

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैकले बैैकिङ क्षेत्रमा एक अर्ब ५० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम दुुई सय ९१ दिने मुुद्धती निक्षेपकोरुपमा राख्नको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु संग प्रस्ताव माग गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
लगानीको अवधि २०७७ असोज एक गते देखि २०७८ असार २० गतेसम्म रहेको छ । रकम लगानीको लागि यही भदौ २३ गते अपरान्ह चार बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी प्रस्ताव पेश गर्नुुपर्ने छ ।
लगानीको लागि छुुट्याईएको कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब २० करोड, बिकास बैंकहरुको लागि २२ करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड ५० लाख रुपैयाँ छुट्याईएको छ ।
राष्ट्र बैकका अनुसार रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुको लागि सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।