२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १० दशमलव ४५ अंकले घटेर १४ सय ९९ दशमलव ९७ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५४ अंकले घटेर तीन सय दुुई दशमलव १२ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ९१ कम्पनीहरुको ३४ हजार आठ सय ६३ वटा कारोवारमा ७० लाख ३८ हजार नौ सय ९० कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब ७८ करोड २३ लाख ७७ हजार आठ सय ८७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा ट्रेडिङ र सामुुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये पनि वाणिज्य बैंक समुहको सुचक आठ दशमलव १४ अंकले घटेर १२ सय २६ दशमलव ६६ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि पाँच दशमलव ७४ अंकले घटेर एक हजार ७६ दशमलव ४८ अंकमा पुुगेको छ ।
लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।