प्रभु क्यापिटल लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रार नियुक्त

 अर्थबुलेटिन संवाददाता   २२ भदौ, २०७७



काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

नियुक्ती सम्वन्धी सम्झौतामा लिवर्टी ईनर्जी कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुुन ।

साथै लिवर्टी ईनर्जीको शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न समेत कम्पनीले अनुुरोध गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation