२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से १२ दशमलव १७ अंकले घटेर १४ सय ८७ दशमलव ८१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५५ अंकले घटेर दुुई दशमलव ९८ दशमलव ६४ अंकमा पुगेको छ ।
नेप्सेमा आज एक सय ९२ कम्पनीहरुको २८ हजार ७८ वटा कारोवारमा ५५ लाख ९५ हजार पाँच सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम दुुई अर्ब १६ करोड ४९ लाख ३० हजार दुुई सय १४ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेकाछन् भने आठ वटा समुहको सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव ३६ अंकले घटेर १२ सय नौ दशमलव ३० अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ४६ दशमलव ७६ अंकले घटेर सात हजार चार सय दसमलव ९३ अंकमा पुुगेको छ ।
यसैगरी विकास बैंक, जलबिद्युुत, जीवन बीमा, होटल, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । फाईनान्स, लघुुबित्त, ट्रेडिङ र अन्य समुहको सुचक भने बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।