

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । राजश्व बुझ्न प्रयोजनको लागि बैंक तथा वित्तिय संस्थाका सबै शाखा खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । आज सोमबार राष्ट्र बैंकले वाणिज्य, बैंक, विकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दे भदौ २३ गते, २४ र गते र २५ गते शाखाहरु खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
नेपाल सरकारको राजश्व बुुझ्ने प्रयोजनको लागि तीन दिन राष्ट्र बैंक लगायत राजश्व कारोवार गर्ने बैंक तथा बित्तीय संस्थाका सम्पुुर्ण राजश्व संकलन गर्ने शाखा तथा काउन्टरहरु एवं बैंकका क्लियरिङ सम्वन्धी कार्य गर्ने सबै काउन्टर र नेपाल क्लियरिङ हाउस समेत खुल्ला गर्ने व्यवस्था गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।