![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । अघिल्लो दुई दिन घटेको नेप्से साताको तेस्रो कारोवार दिन मंगलबार भने बढेको छ । नेप्से आज सात दशमलव ३५ अंकले बढेर १४ सय ९५ दशमलव १५ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८३ अंकले बढेर दुुई सय ९९ दशमलव ४७ अंकमा पुगेको छ ।
नेप्सेमा आज एक सय ९० कम्पनीहरुको २३ हजार दुुई सय ९७ वटा कारोवारमा ४१ लाख ८० हजार आठ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक र होटल समुहको सुचक घटेकाछन् भने बाँकी समुहको सुचक बढेकाछन् । यि बाहेक विकास बैंक समुहको सुचक भने सात दशमलव चार अंकले बढेर १७ सय ५१ दशमलव ८३ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ७३ दशमलव ४३ अंंकले बढेर सात हजार चार सय ७४ दशमलव ३६ अंकमा पुगेको छ । विकास बैंक, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।