२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । आज बुुधबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज १३ दशमलव पाँच अंकले बढेर १५ सय आठ दशमलव २० अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले बढेर दुुई सय ९९ दशमलव ६६ अंकमा पुगेको छ ।
एक सय ९४ कम्पनीहरुको २९ हजार एक सय २४ वटा कारोवारमा ५७ लाख ९८ हजार पाँच सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार दुुई अर्ब ५६ करोड ३४ लाख १५ हजार एक सय ८६ रुपैयाँको कारोवार भएको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा वाणिज्य बैंक र विकास बैंक समुहको सुचक घटेकाछन् भने बाँकी समुहको सुचक बढेकाछन । यस बाहेक जलबिद्युुत समुहको सुचक सात दशमलव दुई अंकले बढेर ११ सय एक दशमलव सात अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ६१ दशमलव ८१ अंकले बढेर सात हजार सात सय ३६ अंकमा पुगेको छ ।
लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।