अन्तिम कारोवार दिन नेप्सेमा हरीयाली

 अर्थबुलेटिन संवाददाता   २५ भदौ, २०७७



काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहिबार पनि नेप्से बढेर नै रोकिएको छ । नेप्से आज १२ दशमलव पाँच अंकले बढेर १५ सय २० दशमलव ७१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७४ अंकले बढेर तीन सय एक दशमलव ४० अंकमा पुुगेको छ ।

एक सय ८९ कम्पनीहरुको २९ हजार दुई सय ९२ वटा कारोवारमा ४२ लाख ४५ हजार छ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोवार रकम दुुई अर्ब १५ करोड ९९ लाख ९४ हजार नौ सय ६३ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार हुँदा तीन वटा समुृहको सुचक घटेकाछन भने नौ वटा समुहको सुचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ८३ अंकले बढेर १२ सय आठ दशमलव ३९ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ९९ दशमलव दुई अंकले बढेर आठ हजार ३५ दशमलव ३६ अंकमा पुुगेको छ ।

यसैगरी विकास बैंक, जलबिद्युत, लघुुबित्त, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन । ट्रेडिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक भने आज घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नबिल ईक्विटी फसण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation