नेप्से सुचक तथा कारोवार रकम दुुबै उच्च अंकले बढे

 अर्थबुलेटिन संवाददाता   २८ भदौ, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले बढेको छ । नेप्से आज १६ दशमलव ५६ अंकले बढेर १५ सय ३७ दशमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५९ अंकले बढेर तीन सय तीन दशमलव ९७ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ९१ कम्पनीहरुको ३९ हजार छ सय १० वटा कारोवारमा ७१ लाख ७९ हजार आठ कित्ता सेयर खरिद बिक्री हुँदा  कारोवार रकम तीन अर्ब ३७ करोड ४१ लाख ४४ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुँदा तीन वटा समुहको सुचक घटेकाछन् भने नौ वटा समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैक समुहको सुचक पाँच दशमलव ५५ अंकले बढेर १२ सय १३ दशमलव ९४ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि तीन सय २० दशमलव ७६ अंकले बढेर आठ हजार तीन सय ५८ दशमलव ९४ अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । ट्रेडिङ, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक भने आज घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नबिल व्यालेन्स फण्ड २ परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ । आज नेप्सेको नियमित कारोवार कक्ष साँझ ५ः१५ बजेसम्म खुुल्ला रहेको थियो ।

नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा सेयर कारोवार अवरुद्ध भएको थियो । व्यवस्थापन प्रणालीमा देखिएको समस्या समाधान भएपश्चात अपरान्ह २ः१५ बजेदेखि नेप्से खुुल्ला भएकाले साँझ ५ः१५ बजेसम्म चलेको हो ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation