१३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

 अर्थबुलेटिन संवाददाता   २९ भदौ, २०७७



काठमाडौं । आज नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ट्रेजरीको जारी मिती भने भदौ ३० गते मंगलबार तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको छ ।

जसमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने मिती असोज २७ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ मंसिर ३० गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ चैत तीन गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ साल भदौ २९ गते तोकिएको छ ।   
राष्ट्र बैंकले यसअघि भदौ २२ गते पनि ९१ दिने अवधिको १२ अर्ब २६ करोड रुपैयाँ र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation