कोरोना अपडेटः ११७० नयाँ संक्रमित, कोरोना मुक्त ८७९उपत्यकामा ५१२ जना नयाँ संक्रमित थपिए

 अर्थबुलेटिन संवाददाता   २९ भदौ, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टा देशभरवाट १ हजार १७० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित मध्येमा करिव ४३ दशमलव ७३ प्रतिशत उपत्यकाका रहेका छन् । 

यो अवधिमा देशभर कुल १० हजार ८७८ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार १७० जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमा ३९९ जना महिला र ७७१ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३२९ जना पुगेको छ । हालसम्म देशभरवाट ८ लाख ५१ हजार ४०५ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) भएको छ ।

सोमवार (भाद्र २९ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् ।

हाल देशभरमा संक्रिय संक्रमित संख्या १५ हजार ३९३ रहेका छन् । क्वारेन्टिनमा ६ हजार ८९२ जना रहेका छन् । प्रदेश १ मा ९०५ जना, प्रदेश २ मा ४३० जना, वाग्मती प्रदेशमा ४९४ जना, गण्डकी प्रदेशमा ५६१ जना, प्रदेश ५ मा १ हजार ८०७ जना, कर्णाली प्रदेशमा ७०४ जना र सुदुर पश्चिम प्रदेशमा १ हजार ९९१ जना रहेका छन् ।

उपत्यकामा कोरोनाः

आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना गरी कुल ५१२ जना रहेका छन् । आज देशभर थपिएको ११७० जना मध्येमा उपत्यकाको यो संख्या ४३ दशमलव ७६ प्रतिशत हो । 

कोरोनावाट मृत्युः

पछिल्लो २४ घण्टामा देशभरवाट ५ जना महिला र १० पुरुष गरी कुल १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ० दशमलव ६५ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३६० जना पुगेको छ । 

पछिल्लो २४ घण्टामा ज्यान गुमाउने महिलाहरुमा काठमाडौंमा ६१ वर्षिय १ जना, गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुमा क्रमशः ६३, ६२, ५५ र ४७ वर्षका १/१ जना रहेका छन् । 
यसैगरी, निधनहुने पुरुषहरुमा मोरङका ४० र ७० वर्षका १÷१ जना, काठमाडौंका ७७, ६२, ७३, ८५ र ७० वर्षका १/१ जना साथै, ललितपुर, भक्तपुर र रामेछापका क्रमशः ५५, ७३ र २३ वर्षका १/१ जना रहेका छन् ।   

कोरोना मुक्तः 

देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा ८७९ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ३९ हजार ५७६ पुगेको छ । 

हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ३ हजार ८८५ जना, प्रदेश २ मा ११ हजार ५६ जना, वाग्मती प्रदेशमा ७ हजार ८१९ जना, गण्डकी प्रदेशमा २ हजार २७० जना, प्रदेश ५ मा ६ हजार ५०० जना, कर्णाली प्रदेशमा २ हजार ५२५ जना र सुदुर पश्चिम प्रदेशमा ५ हजार ९२१ जना रहेका छन् । कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७१ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

आइसियु र भेन्टिलेटरः

हाल देशभर आइसियूमा १७९ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ५ जना, प्रदेश २ मा ९ जना, वाग्मती प्रदेशमा १२९ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २० जना, कर्णाली प्रदेशमा १० जना रहेका छन् भने सुदुर पश्चिम प्रदेशमा आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ । 
यसैगरी, हाल देशभर २९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा २६ जना, प्रदेश ५ मा १ जना र सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन् । 

५०० माथि र ० संक्रमित जिल्लाः

मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ७ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सुनसरी, सर्लाहि, काठमाडौं, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा सोलुखुम्वु, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation