नेप्सेमा सामान्य वृद्धि

 अर्थबुलेटिन संवाददाता   २९ भदौ, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से बढेको छ । नेप्से आज तीन दशमलव २६ अंकले बढेर १५ सय ४० दशमलव ५१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव २८ अंकले बढेर तीन सय छ दशमलव २४ अंकमा पुुगेको छ ।

एक सय ९० कम्पनीहरुको ४४  हजार दुुई सय ७४ वटा कारोवारमा ८६ लाख ३१ हजार सात सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम तीन अर्ब १३ करोड ४१ लाख ३५ हजार नौ सय आठ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेको छ भने सात वटा समुहको सुचक घटेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १४ दशमलव ६८ अंकले बढेर १२ सय २८ दशमलव ८९ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि १२ दशमलव दुई अंकले बढेर ११ सय ५५ दशमलव ७३ अंकमा पुुगेको छ ।

विकास बैंक, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । निर्जिवन बीमा समुहको सुचक भने आज दुुई सय ५४ दशमलव ५९ अंकले घटेर आठ हजार एक सय आठ दशमलव ५४ अंकमा पुगेको छ । यि बाहेक जीवन बीमा, होटल, ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation