मेटलाइफका ग्रहाकले घरमै बसी मोबाइलमार्फत विभिन्न सेवाहरु पाउने

 अर्थबुलेटिन संवाददाता   ३० भदौ, २०७७



काठमाडौं । मेटलाइफले आज ग्राहकहरुलाई बीमा सम्बन्धी सेवा र सुविधालाई थप सजिलोसंग पहुँच बढाउन र आफ्नो विमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । 

मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ । डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजीश्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भच्र्वल कार्यक्रममार्फत उक्त एपको अनावरण गरेका थिए ।

मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै आईओएस एप स्टोर र एन्ड्रोईन गुुगल प्ले स्टोरबाट निशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ । एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन्। 

ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन । मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ ।

नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन। उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्। ।  उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन्। ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation