उपत्यकामा थपिए करिव ५० प्रतिशत संक्रमितकाठमाडौंको मात्रै ५५५ जना

    ३० भदौ, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल ६७६ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका नयाँ संक्रमित मध्येमा ४६ दशमलव ३३ प्रतिशत उपत्यकाका रहेका छन् ।

आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५ जना, ललितपुरमा ३५ जना र भक्तपुरमा ८६ जना गरी उपत्यकामा कुल ६७६ जना रहेका छन् । आज देशभर थपिएको १ हजार ४५९ जना मध्येमा उपत्यकाको यो संख्या ४६ दशमलव ३३ प्रतिशत रहेको हो ।

मंगलवार (भाद्र ३० गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् । 

देशभरः

पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ४५९ नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा देशभर कुल १० हजार ३७५ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै, हालसम्म देशभरवाट ८ लाख ६१ हजार ७८० जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) भएको छ । नयाँ थपिएका संक्रमितहरुमा ४४६ जना महिला र १ हजार १३ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७८८ जना पुगेको छ ।

हाल देशभरमा संक्रिय संक्रमित संख्या १५ हजार ७७९ जना रहेका छन् । हाल देशभर संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । 
यसैगरी, क्वारेन्टिनमा ७ हजार २५० जना रहेका छन् । प्रदेश १ मा ९५२ जना, प्रदेश २ मा ४५७ जना, वाग्मती प्रदेशमा ४६७ जना, गण्डकी प्रदेशमा ५६१ जना, प्रदेश ५ मा १ हजार ९४३ जना, कर्णाली प्रदेशमा ६९७ जना र सुदुर पश्चिम प्रदेशमा २ हजार १४३ जना रहेका छन् । 

कोरोनावाट मृत्युः

पछिल्लो २४ घण्टामा देशभरवाट ४ जना महिला र ७ पुरुष गरी कुल ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ० दशमलव ६५ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३७१ जना पुगेको छ । 

पछिल्लो २४ घण्टामा ज्यान गुमाउने महिलाहरुमा सिराहा, वारा, काठमाडौं र रुपन्देहीमा १÷१ जना महिला रहेका छन् । भने, ज्यान गुमाउने पुरुषहरुमा सर्लाहि, मकवानपुर र कपिलवस्तुमा १÷१ जना तथा काठमाडौंमा ३ जना रहेका छन् । 

कोरोना मुक्तः 

देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ६२ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ४० हजार ६३८ पुगेको छ । हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ३ हजार ५६२ जना, प्रदेश २ मा ११ हजार ९६ जना, वाग्मती प्रदेशमा ८ हजार ३९२ जना, गण्डकी प्रदेशमा २ हजार ३४५ जना, प्रदेश ५ मा ६ हजार ६७७ जना, कर्णाली प्रदेशमा २ हजार ५३१ जना र सुदुर पश्चिम प्रदेशमा ६ हजार ३५ जना रहेका छन् । 

कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७१ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

आइसियु र भेन्टिलेटरः

हाल देशभर आइसियूमा १७४ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ५ जना, प्रदेश २ मा ९ जना, वाग्मती प्रदेशमा १२३ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन् भने सुदुर पश्चिम प्रदेशमा आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ । 

यसैगरी, हाल देशभर २८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा २५ जना, प्रदेश ५ मा १ जना र सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन् । 

५०० माथि र ० संक्रमित जिल्लाः

मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ७ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सुनसरी, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा सोलुखुम्वु, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

कुल संख्याः

हाल देशभर कुल संक्रमित संख्या ५५ हजार ७८८, कुल संक्रिय संक्रमित १५ हजार ७९९, कुल डिस्चार्ज संख्या ४० हजार ६३८, कुल मृतक संख्या ३७१, कुल पिसिआर परिक्षणको संख्या ८ लाख ६१ हजार ७८० जना रहेका छन् ।

यसैगरी, विश्वभर सक्रिय संक्रमित संख्या २ करोड ९४ लाख ५० हजार १९३ जना, विश्वभर कुल मृतक संख्या ९ लाख ३२ हजार ८११ जना र विश्वभर कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या २ करोड १२ लाख ८१ हजार ८५ जना रहेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation