सामान्य अंकले ओरालो लयमा नेप्से

 अर्थबुलेटिन संवाददाता   ३० भदौ, २०७७



काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज चार दशमलव ४७ अंंकले घटेर १५ सय ३६ दशमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ५९ अंकले घटेर तीन सय चार दशमलव ६५ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ९१ कम्पनीहरुको २८ हजार एक सय ४४ वटा कारोवारमा ५७ लाख २३ हजार पाँच सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ८० करोड एक लाख ९७ हजार नौ सय तीन रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक घटेकाछन भने तीन वटा समुहको सुचक बढेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक तीन अंकले घटेर १२ सय २५ दशमलव ८९ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि तीन दशमलव २३ अंकले घटेर आठ हजार एक सय पाँच दशमलव ५१ अंकमा पुुगेको छ ।

विकास बैंक, जलबिद्युुत, लघुुबित्त, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । होटल, जीवन बीमा र  सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation