२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । लेखनाथ कोइरालालाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएका हुन् ।
ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टका अनुसार प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।
कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजै विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन ।
उर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेपनि प्रधानमन्त्रीले यसबारे थप छलफल गर्ने भन्दै ‘होल्ड’मा राखिदिएका छन् ।