

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । निर्जीवन बिमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएकाछन् । कम्पनीको भदौ २८ गते सम्पन्न सञ्चालक समितिको दुुई सय आठौं बैठकले सर्वसम्मतरुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
अग्रवालले बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकाछन् ।
भदौ २६ गते सम्पन्न कम्पनीको १८ औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो ।
अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप सम्बद्ध व्यक्ति हुुन् ।