आज नेप्सेमा सामान्य वृद्धि

 अर्थबुलेटिन संवाददाता   ३१ भदौ, २०७७



काठमाडौं । नेप्से साताको चौथो कारोवार दिन आज बुुधबार बढेको छ । आज नेप्से पाँच दशमलव ३६ अंकले बढेर १५ सय ४१ दशमलव ४० अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८३ अंकले बढेर तीन सय पाँच दशमलव ४८ अंकमा पुुगेको छ ।

आज एक सय ९४ कम्पनीहरुको ३० हजार पाँच सय ९० वटा कारोवारमा ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँ पुगेको छ । 

आज १२ वटा समुहको कारोवार भएको वाणिज्य बैंक घटेर बाँकी समुहको सुचक बढेकाछन् ।  विकास बैंक समुहको सुचक भने आज दुुई दशमलव आठ अंकले बढेर १७ सय ७१ दशमलव ९१ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ४२ दशमलव ३७ अंकले बढेर आठ हजार एक सय ४७ दशमलव ८८ अंकमा चढेको छ । जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा बरुण हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया ब्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation