![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । निजी वायुसेवा सञ्चालक संघले तत्काल आन्तरिक उडान सञ्चालन नगर्ने जनाएको छ । सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि सञ्चालक संघले यस्तो निर्णय गरेको हो । नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेता पनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न असम्भव रहेको संघको भनाइ छ ।
बुधबार संघका प्रथम उपाध्यक्ष अनाज रिमालले एक विज्ञप्तिमार्फत उडान सञ्चालन गर्न नसक्नुमा विभिन्न कारण देखाएका छन् । जसमा भारतलगायत अन्य मुलुकमा आन्तरिक उडानमा सामाजिक दुरी कायम गरी ५० प्रतिशत मात्र यात्रु बोक्ने व्यवस्था नरहेको तथा ५० प्रतिशत यात्रु बोक्दा टिकटको दर पनि दोब्बर पर्ने भएकाले यात्रुले अफोर्ड गर्न नसक्ने उनको भनाइ छ ।
यही अवस्थामा उडान सञ्चलन गर्दा हवाइ उद्योग नै धरासयी बन्ने भएकाले पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ । यसअघि हवाइ सञ्चालकहरुले आन्तरिक उडान खोल्न माग गरेबमोजिम सरकारले निर्णय गरेपनि अहिले उडान सञ्चालन नगर्ने बताएका हुन् ।