२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौैं । साताको अन्तिम दिन विहिवार (असोज १ गते) ठुलो अंकका साथ नेप्सेमा हरियाली छाएको छ ।
आज एकैदिन ३० दशमलव ७८ अंकले वृद्धि भएर नेस्से परिसुचक १ हजार ५७२ दशमलव १८ अंकमा पुगेको छ ।
आज नेप्से परिसुचक २ प्रतिशत तथा सेन्सेटिभ इन्डेक्स २ दशमलव ३ प्रतिशतले गरेर दुबै वढेका छन् ।
आज कुल ४७ हजार ३०९ पटक भएको कारोवारमा कुल १ करोड १८ लाख ३०४ कित्ता शेयर कारोवारवाट कुल ३ अर्व ३१ करोड ५६ लाख ६४ हजार ३१९ रुपैयाको खरिद/विक्रि भएको छ ।
१२ समुहहरुको कारोवार भएकोमा नान् लाइफ इन्स्योरेन्स वाहेकका अरु सबै समुहहरुको नेप्से परिसुचक बढेको छ ।
यि समुहहरु मध्येमा आज होटल समुहमा सबैभन्दा धेरै वढेको छ । यो समुह ९ दशमलव ३७ प्रतिशतले बढेको छ । यसैगरी, दोश्रो स्थानमा हाइड्रो पावर समुहको बढेको छ भने तेश्रो स्थानमा फाइनान्स समुहको परिसुचक बढेको छ ।
यसैगरी, आज सवैभन्दा धेरै कमाउनेमा रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरु परेका छन् ।