२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरवाट १ हजार २४६ जना नयाँ संक्रमित थपिएका छन् । आज उपत्यकामा कुल ६१८ जना थपिएका छन् । आज देशभर थपिएको १२४६ जना मध्येमा उपत्यकाको यो संख्या ४९ दशमलव ६० प्रतिशत रहेको छ ।
यो अवधिमा देशभर कुल १० हजार ६४१ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै, हालसम्म देशभरवाट ८ लाख ८२ हजार ९१५ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) भएको छ ।
नयाँ थपिएका संक्रमितहरुमा ४२८ जना महिला र ८१८ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५७३ जना पुगेको छ ।
विहिवार (असोज १ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् ।
हाल देशभरमा संक्रिय संक्रमित संख्या १६ हजार २२१ जना रहेका छन् ।
हाल देशभर संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३३ जना रहेका छन् । यसैगरी, क्वारेन्टिनमा ७ हजार ८४३ जना रहेका छन् ।
उपत्यकामा कोरोनाः
आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०७ जना, ललितपुरमा ६१ जना र भक्तपुरमा ५० जना गरी उपत्यकामा कुल ६१८ जना रहेका छन् । आज देशभर थपिएको १२४६ जना मध्येमा उपत्यकाको यो संख्या ४९ दशमलव ६० प्रतिशत रहेको छ ।
कोरोनावाट मृत्युः
पछिल्लो २४ घण्टामा देशभरवाट ३ जना महिला र १ पुरुष गरी कुल ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ० दशमलव ६४ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३८३ जना पुगेको छ ।
कोरोना मुक्तः
देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४३ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ४२ हजार ९४९ पुगेको छ ।
हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ३ हजार ७७१ जना, प्रदेश २ मा ११ हजार ७१७ जना, वाग्मती प्रदेशमा ९ हजार ४११ जना, गण्डकी प्रदेशमा २ हजार ४६६ जना, प्रदेश ५ मा ६ हजार ८७१ जना, कर्णाली प्रदेशमा २ हजार ६०८ जना र सुदुर पश्चिम प्रदेशमा ६ हजार १०५ जना रहेका छन् ।
कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आइसियु र भेन्टिलेटरः
हाल देशभर आइसियूमा १८२ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ७ जना, प्रदेश २ मा ९ जना, वाग्मती प्रदेशमा १२९ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन् भने सुदुर पश्चिम प्रदेशमा आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, हाल देशभर ३९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा ३७ जना, प्रदेश ५ मा १ जना र सुदुर पश्चिम प्रदेशमा १ जना रहेका छन् ।
५०० माथि र ० संक्रमित जिल्लाः
मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ९ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् ।
यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा सोलुखुम्वु, मुस्ताङ्ग, डोल्पा र हुम्ला रहेका छन् ।