

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । कोभिड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा रहेकाछन् । यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रती उत्तरदायी हुन चाहन्छ ।
तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दतीखाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सो को लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउनेछ भन्ने बैंकले आशा गरेको छ ।
बैकका अनुसार योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक नौ प्रतिसत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी एक वर्षसम्मको मुद्दती खातामा बैंकले आठ दशमलव पाँच ब्याजदर प्रदान गर्दैछ ।
दुुई व्ँर्षभन्दा माथि र पाँच व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक नौ दसमलव २५ प्रतिशत ब्याजदर र पाँच व्ँर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक नौ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
सातै घर कर्जामा साता दसमलव ४९ प्रतिसत, धितो कर्जामा र व्यक्तिगत ओभर ड्राफ्टमा सात दशमलव ९९ प्रतिशत साना तथा मझौला कर्जा अन्र्तगत एक करोड रुपैयाँसम्मको कर्जाका सात दशमलव ४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा सात दशमलव ९९ प्रतिशत व्याज कायम गरिएको जानकारी पनि बैंकले दिएको छ । बैंकका अनुसार यो योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।
सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको यस नबिल बैंकका ११९शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ ।
नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ । नबिल बैंक ग्राहकसँग एउटा परिवारजस्तै गरी सँगै अघि बढ्नेमा विश्वास गरेको जानकारी पनि बैंकले दिएको छ ।