कोरोनावाट ज्यान गुमाउनको संख्या ४०० नाघ्यो २४ घण्टामा ११ जनाको ज्यान गयो

 अर्थबुलेटिन संवाददाता   ३ असोज, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरवाट ७ जना महिला र ४ पुरुष गरी कुल ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ० दशमलव ६४ प्रतिशत रहेको छ । यो संगै कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ४०१ जना पुगेको छ । आज ज्यान गुमाउने महिलाहरुमा मोरङ, रौतहट, सर्लाही, काठमाडौं र मकवानपुरमा १÷१ जना र ललितपुरमा २ जना गरी कुल ७ जना महिलाले ज्यान गुमाएका छन् ।

यसैगरी, ज्यान गुमाउने पुरुषहरुमा काठमाडौं, ललितपुर, रुपन्देहि र वाँकेका १÷१ जना गरी ४ जना पुरुष रहेका छन् ।  शनिवार (असोज ३ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को औपचारीक जानकारी गराएका हुन् ।

देशभरः

पछिल्लो २४ घण्टामा देशभरवाट १ हजार २०४ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाका कारण ११ जनाको निधन भएको छ भने कोरोनालाई जितेर १ हजार ४४७ जना डिस्चार्ज भएका छन् । आज उपत्यकामा मात्रै कुल ७११ जना थपिएका छन् । 

यो अवधिमा देशभर कुल १० हजार ३३३ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) गर्दा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितहरुमा ४०८ जना महिला र ७९६ जना पुरुष रहेका छन् । यो संगै देशभर कोरोना संक्रमित हुनेको संख्या ६२ हजार ७९७ जना पुगेको छ । हालसम्म देशभरवाट ९ लाख ४ हजार ७०६ जनाको स्वाब परिक्षण (पिसिअर टेस्ट) भएको छ ।

हाल देशभरमा संक्रिय संक्रमित संख्या १७ हजार १२९ जना रहेका छन् । हाल देशभर संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना र होम आइसोलेसनमा ७ हजार ९७६ जना रहेका छन् । 
यसैगरी, क्वारेन्टिनमा ७ हजार ७३५ जना रहेका छन् । प्रदेश १ मा ९३८ जना, प्रदेश २ मा ३७३ जना, वाग्मती प्रदेशमा ४९३ जना, गण्डकी प्रदेशमा ५६१ जना, प्रदेश ५ मा १ हजार ७०७ जना, कर्णाली प्रदेशमा ७४१ जना र सुदुर पश्चिम प्रदेशमा २ हजार ९२२ जना रहेका छन् । 

उपत्यकामा ६० प्रतिशत संक्रमितः

आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित मध्येमा काठमाडौंमा ५७० जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ८३ जना रहेका छन् । आज देशभर थपिएको १ हजार २०४ जना मध्येमा उपत्यकाको यो संख्या ५९ दशमलव ०५ प्रतिशत रहेको छ । 

कोरोना मुक्त संख्या ४५ हजार नाघ्योः 

देशभरवाट पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४४७ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म देशभरवाट कोरोना मुक्त हुनेहरुमा ४५ हजार २६७ पुगेको छ । 

हालसम्म कोरोना मुक्त हुनेहरुमा प्रदेश १ मा ३ हजार ९६२ जना, प्रदेश २ मा १२ हजार ७४ जना, वाग्मती प्रदेशमा १० हजार ५३६ जना, गण्डकी प्रदेशमा २ हजार ६३७ जना, प्रदेश ५ मा ७ हजार २७ जना, कर्णाली प्रदेशमा २ हजार ६५७ जना र सुदुर पश्चिम प्रदेशमा ६ हजार १९५ जना रहेका छन् । 
कुल संक्रमितका आधारमा कोरोना मुक्त हुने यो संख्या ७२ दशमलव ०८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

आइसियु र भेन्टिलेटरः

हाल देशभर आइसियूमा १७९ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ७ जना, प्रदेश २ मा ४ जना, वाग्मती प्रदेशमा १२७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २४ जना, कर्णाली प्रदेशमा ११ जना रहेका छन् भने सुदुर पश्चिम प्रदेशमा आइसियुमा उपचाररत विरामी नभएको मन्त्रालयले जनाएको छ । 
यसैगरी, हाल देशभर ३५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा प्रदेश १ मा १ जना, वाग्मती प्रदेशमा ३३ जना, प्रदेश ५ मा १ जना रहेका छन् । 

५०० माथि र ० संक्रमित जिल्लाः

मन्त्रालयको पछिल्लो विवरण अनुसार ५०० भन्दा धेरै सक्रिय संक्रमितहरु रहेको जिल्लाको संख्या ९ वटा रहेको छ । ति जिल्लाहरुमा मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही रहेका छन् । यसैगरी, ० सक्रमित रहेका जिल्लाहरुमा सोलुखुम्वु, रसुवा, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation