२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।