२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौँ- विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
जसमध्ये काठमाडौँमा मात्रै ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।
अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।
यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । १ हजार १५४ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ जनाले कोरोनालाई जितेका थिए ।
काठमाडौँ उपत्यका ३ जिल्लासहित नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा माथि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै ८ जिल्लामा उपचाररत संक्रमितको संख्या ५ सयभन्दा माथि छ ।
५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला
काठमाडौँ
भक्तपुर
ललितपुर
मकवानपुर
चितवन
मोरङ
सिरहा
रुपन्देही