माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता

 अर्थबुलेटिन संवाददाता   ७ असोज, २०७७



काठमाडौं । माछापुच्छ्रे  बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबिच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे  बैंक लि.का १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहजरुपमा प्राप्तगर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्नेछ । 

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रेले पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation